सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले दियो सफाइ
Published on
Updated on

सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो ।

अदालतका श्रेष्तेदार भरतमणि पोखरेलका अनुसार गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको हो ।

चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com