बारा ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी

बारा ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ‘किसन’ विजयी हुनुभएको छ । उहाँ १० हजार ६६ मतान्तरसहित विजयी हुनुभएको हो । श्रेष्ठले २९ हजार ५ सय ५ मत पाउनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार एकवाल मियाँले १९ हजार ४ सय ३० मत प्राप्त गर्नुभयो ।

तनहुँका श्रेष्ठले अघिल्लो चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई हराउनुभएको थियो । यसपालिको चुनावमा उहाँले तनहुँ छाडी बारा क्षेत्र नम्बर ४ मा गएर उम्मेदवारी दिनुभएको थियो । उहाँ पूर्व श्रम मन्त्रीसमेत हुनुहुन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com