ससुरालीमा गएर श्रीमति छप्काउने कुरुम्वाङ पक्राउ

ससुरालीमा गएर श्रीमति छप्काउने कुरुम्वाङ पक्राउ

काठमाडौं । ससुरालीमा गएर श्रीमतीको हत्यासँगै २ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार पाँचथर तुम्बेवा– ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतमा रहेकी श्रीमतिलाई खुकुरी प्रहार गरी फरार रहेको कुरुम्वाङलाई शनिबार बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवर नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनलाई तुम्बेवा–५ पखेरे टोलबाट पक्राउ गरिएको हो ।

कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तुम्बेवा–४ स्थित घरबाट ससुराली घर पुगेका ३५ वर्षीय कुरुम्वाङले खुकुरी प्रहार गर्दा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते छन् ।घाइते दुवै जनाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com