काठमाडौं । राप्रपाका नेता बुद्धिमान तामाङले राप्रपाले कहिल्यै पनि देशघाती काम नगर्ने बताउनुभएको छ ।
आज शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा नेता तामाङले ठूला दलले देश विकास र राष्ट्रियताको रक्षाभन्दा पनि देशको राजनीतिलाई व्यापारमा परिणत गरेको आरोप लगाउँदै राप्रपाले मात्र देश बचाउने र बनाउने बताउनुभयो ।
‘ठूला पार्टीले कस्तो संस्कृतिको विकास गरेका छन् भने पैसा दिने, पदमा पुग्ने, पदमा पुगेपछि पैसा कमाउनतिर लाग्ने र फेरि त्यो पैसाले पद किन्ने गरेका छन्’, पूर्व मन्त्री समेत रहेका तामाङको भनाइ छ । उहाँले हिन्दु राष्ट्र र राजसंस्थालाई हटाएपछि देशमा आमूल परिवर्तन हुन्छ, जनताले सुख पाउँछन् भनेर सोझा जनतालाई भड्काएर यो व्यवस्था ल्याएर जनताको अवस्था झन खराब भएको बताउनुभयो ।