जनमोर्चाका कार्यकर्तानै भन्छन् : युवा उम्मेदवारलाई भोट दिनुहोस्

जनमोर्चाका कार्यकर्तानै भन्छन् : युवा नेतालाई भोट दिनुहोस्
जनमोर्चाका कार्यकर्तानै भन्छन् :  युवा उम्मेदवारलाई भोट दिनुहोस्

वलेवा । मंसिर ४ गते हुने निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ मा युवा उम्मेदवारको पक्षमा जनलहर चुलिएको छ ।

बाग्लुङ १ नम्बरमा सत्तागठबन्धले ८२ वर्षिया बृद्धा नेता चित्र बहादुर केसीलाई उम्मेदवार बनाए पछि जनतामा चरम असन्तुष्टी रहेको देखिएको छ । देशैभरी युवाहरुको पक्षमा जनलर देखिए पनि गठबन्धनले केसीलाई उम्मेदवार बनाए पछि जनमोर्चा नेपाल भित्रै विद्रोह भएको छ । पार्टीगत विभाजनको चपेटामा परेका केसी बिरुद्ध जनस्तरबाटै विरोधका स्वर चर्को रुपमा गुन्जिएका छन् ।

जनमोर्चाको एक दशक राजनीतिमा नारायणस्थान गाऊँ कमिटीको सचिबबाट राजिनामा दिएका आशिस सुवेदीले आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइन मार्फत मन छुने गरि युवाहरुको पक्षमा मतको लागि अपिल गरे । उनले पार्टी भन्दा माथि उठेर प्रतिनिधि सभाका लागि युवा उम्मेदवार डा. सूर्य पाठक र प्रदेशसभा तर्फका उम्मेदवार डिल्ली सुवेदीलाई मतदान गर्न आव्हान गरेका छन् । पाठक एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् भने सुवेदी नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

सुवेदीको फेसबुक स्ट्याट्स जस्ताको जस्तै

कान्छाबा कुलमन्दिरको निर्माण समीतीको अध्यक्ष हुनुहुन्थयो । कहिले बर्दिया कहिले रनबाँग कहिले कता दौडदाँ झन बिरामी हुनुभो हामिले भो यो मन्दिर बनाउँदाको रिण हामी चन्दा ऊठाएर तिरौँला अब आराम गर्नुस भन्यौँ बा तयार हुनुभो ।

उमेर अनुसार आफ्ना मान्छेले आराम गर्ने समय बनाईदिनुपर्छ । चित्रबाको सन्दर्भ पपनि त्यहि हो । जिन्दगी भर राजनीति गरेर एक पटक पनि सांसद नबनेको भए परिक्षण हुन् पनि एक पटक भोट दिन मन लाग्छ । त्यो अवस्था छैन त्यसैले हामी क्लियर हुन जरुरी छ । बिदेशमा मान्छेहरु आज भन्दा २०० वर्ष अगाडी कसरी बाँचेका थिए होलान भनेर हेर्न अहिले हामी ग्रामिण क्षेत्रमा वस्ने नेपाली हेरे पुग्छ ।

यो अवस्थालाई चिर्न पार्टी डजन्ट म्याटर है, दुई युवालाई ठाऊँ दिऊँ प्रतिनिधीसभामा डा. सुर्य पाठक र प्रदेशसभामा डिल्लीराम सुबेदी, यस्तो अवस्थामा अझै हामी बा नेता होईन माईलावा वनाऊँ आराम गर्न दिऊँ ।

मलाई कसैको सहानुभूति र कसैको गाली आवस्य छैन ।

जनमोर्चा .को एक दशक राजनीतिमा नारायणस्थान गाऊँ कमिटीको सचिबबाट राजीनामा गरेर बिदेशिएको हुँ ।

अब पनि हामी पार्टी भन्दा माथी उठेर बोल्न सकिएन भने हाम्रो मुटु छ या छैन भन्ने कुराको पनि प्रश्न उठ्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com