ओली बौलाएर हिँडेको माधव नेपालको टिप्पणी

ओली बौलाएर हिँडेको माधव नेपालको टिप्पणी
google

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली बौलाएर हिँडेका टिप्पणी गर्नुभएको छ ।

आज बिहिबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरूले ओलीलाई टक्कर दिएपछि अहिले बौलाएर हिँडेका टिप्पणी गर्नुभएको हो ।

‘कसैले ढाल्न सक्दैन’ भन्ने ओलीलाई आफूले ढालेर देखाएको उहाँको भनाई छ । ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिँदै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन्,’ अध्यक्ष नेपालले भने, ‘त्यो सबै संग्रह निकाल्न पर्‍यो के–के बोल्यो सुरुदेखि अहिलेसम्म के(के गाली गलौजको भाषाहरू बोलेको छ । उनका कुराहरू भनेको आक्रोशले भरिएको छ ।’

उहाँले स्वार्थी मान्छेहरूले जनतालाई गफले अल्मलाएको बताउनुभयो । ‘झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्त्वहरू हुन सक्छ,’ उनले भने, ‘जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाँजिएका हुन्छन् । केही–केही पार्टीहरू देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ ।’

नेपालले मार्क्सवादी(लेनिनवादले मात्र नेपालमा हित गर्न सक्ने बताउनुभयो । ‘संघर्षबाट आत्तिएर डराएर पार्टी र जीवन निर्माण हुँदैन । विचारले विश्वास जगाउँछ, आँट ल्याउँछ,’ उनले भने, ‘इतिहासको निर्माणकर्ता जनता हो । जनतालाई गलत कुरामा आन्दोलित बनाउनुपर्छ ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com