‘बहकिने मन’ का सञ्चालक महावीर विश्वकर्माको निधन

‘बहकिने मन’ का सञ्चालक महावीर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा सञ्चारकर्मी विश्वकर्माको निधन भएको हो ।

उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ निकै चर्चित छ ।

त्यस्तै, माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती–५ का २१ वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका–५ २१ वर्षीय कुशल बिसुराल घाइते भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com