महोत्तरी २ : लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी २ : लोसपाका शरतसिंह भण्डारी निर्वाचित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए । यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८ , जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाए ।

४१ वर्षदेखि संसदीय राजनीतिको दौडमा रहेका भण्डारीले ६ पटक चुनाव जित्न सफल भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com