देउवालाई प्रधानमन्त्री बनाएर देशलाई फाइदा हुँदैन : राजेन्द्र लिङ्देन

देउवालाई प्रधानमन्त्री बनाएर देशलाई फाइदा हुँदैन : राजेन्द्र लिङ्देन
wikipedia.org

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर देशलाई फाइदा नहुने बताउनुभएको छ ।

शनिबार आज पुर्वी नवलपरासीको कावासोती, डण्डामा आयोजित राप्रपाको चुनावीसभामा बोल्दै उहाँले पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको परीक्षणमा देउवा पटकपटक असफल भइसकेको भन्दै आगामी मंसिर ४ गतेको निर्वाचनमा मत परिवर्तन गरेर राप्रपालाई विजयी गराउन आग्रह गर्नुभयो ।

माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएको बताउदै एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने दाबी गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com