काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गर्नुभएको छ । आज शुक्रबार आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले राप्रपालाई भोट दिन अपिल गर्नुभएको हो।
यस्तै उहाँले बीपीलाई नेपालका सबै नेताले बिर्सिसकेको भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नबिर्सिएको सुनाउनुभयो ।
राप्रपाको घोषणापत्र र भ्रष्टाचार विरुद्धको भाषण आफूलाई मन परेको पनि उहाँको भनाइ छ । गाउँमा नेता देखे जनताले चोर आयो भन्छन् जस्ता अभिव्यक्तिले राजेन्द्र लिङ्देन मलाई मन पर्न थाल्यो,’ उहाँले भन्नुभयो ‘मलाई असाध्यै मन पर्यो ।’