
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । काठमाडौं – १ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आज साँझ ५ बजे बालकोट पुग्नुभएको हो ।
भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उहाँका प्रेस संयोजक यूपी लामिछानेले बताउनुभयो ।
कांग्रेसबाट प्रधानमन्त्रीको रुपमा दाबी गर्दै आउनुभएका सिंह र ओलीको यो भेटलाई अर्थपुर्या रुपमा हेरिएको छ ।