काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा आगामी सरकार निर्माणमा जनमत पार्टीले सहयोग गर्नेबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनले सरकार निर्माण गर्दा जनमत पार्टीको पनि साथ लिने विषयमा वार्ता भएको बताइएको छ ।
उक्त भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता विमलेन्द्र निधि पनि सहभागी थिए ।