
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पानीको पुनः वितरण सुरु गरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज तेस्रो चरणको मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभएको हो ।
मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पुनः पूरा गरेको बताउनुभयो । उहाँले ठूलो बाढीले क्षतविक्षत बनेको मेलम्ची अस्थायी भए पनि पानी ल्याइएको बताउनुभयो ।
फेरि ठूलो बाढी आउने डरका कारण वर्षातमा सुरुङ बचाउन पानी बन्द गरिएको उहाँले बताउनुभयो । यस्तै उहाँले अब अस्थायी रूपमै भए पनि बाह्रै महिना मेलम्चीको पानी पु¥याउने दाबी गर्नुभएको छ ।
मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले १ हप्तामामा जोडिएको ठाउँमा पुग्ने जानकारी दिनुभयो ।