मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न अब चार दिन लाग्ने

मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न अब चार दिन लाग्ने

काठमाडौं । २०७२ सालमा गएको भूकम्प र बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि प्रवेश गराईको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ। आगामी १ माघ सम्ममा काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनले जानकारी दिएको छ ।

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो। तर बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको आयोजनाले जानकारी दिएको छ । परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइने पनि आयोजनाले जानएको छ ।

२०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौंमा पठाउन सकिएको छैन। सुरङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो। बाढीले सुरुङ मार्गको हेडवर्क्स सहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो।

सोही कारण आंशिक रुपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो । त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र अलपत्र परेको थियो ।

त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com