‘मोडिफाइ बाइक’ प्रहरीको कारबाहीमा

‘मोडिफाइ बाइक’ प्रहरीको कारबाहीमा

कास्की- कास्कीमा स्वरुप परिवर्तन (मोडिफाइ) गरिएका मोटरसाइकललाई कारवाही थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कास्की प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका मोटरसाइकललाई कारवाही गरेको हो ।

पर्व नजिकिँदै गर्दा कास्की प्रहरीले विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाइ सवारी साधनमाथि निगरानी बढाएको छ । हिजो मात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

कारबाहीबाट पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले मोडिफाइ गरेका केही मोटरसाइकल हाल नियन्त्रणमा रहेको र पुनः पहिलेकै अवस्थामा परिवर्तन गराएर कारबाही पछि मात्रै अभिभावकको रोहबरमा बुझाउने जनाएको छ । त्यस्तै अभियानलाई निरन्तरता दिने पनि भएको छ ।

सबैभन्दा बढी मोडिफाइ गर्ने साधनमा क्रस फायर र बुलेट छन् । प्रहरीले सवारी मोडिफाइ गर्ने सवारी धनीलाई मात्रै नभएर ग्यारेजलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com