नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित
user

काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन्। नाफिजको बुधबार सम्पन्न छैटौँ महासभाबाट ढकाल दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। ढकाल द राइजिङ नेपाल दैनिकमा आवद्ध पत्रकार हुन्।

समितिको उपाध्यक्षमा हाम्रो अर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका सम्पादक परमेश्वर अधिकारी निर्वाचित भएका छन्। त्यस्तै, अनलाइन खबरका नवीन ढुंगाना महासचिवमा, नेपाल खबरका दीपक भट्ट सचिवमा र सिंहदरबार डटकमकी उप-सम्पादक दिलु कार्की कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा रातोपाटी डटकमका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, नेपालप्रेसका राजाराम न्यौपाने र सेतोपाटी डटकमकी सविना कार्की निर्वाचित भएका छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com