मौलापुर पिकनिक पार्क लोकप्रिय बन्दै

मौलापुर पिकनिक पार्क लोकप्रिय बन्दै

रौतहट । रौतहटको मौलापुर पिकनिक पार्क यहाँका मानिसहरूको लागि आकर्षकको केन्द्र बन्दै गएको छ । २०७७ फागुनमा पार्क सञ्चालनमा आएपछि स्थानीयहरूमा लोकप्रिय बन्दै गएको छ ।

पूर्ब मन्त्री प्रभु साहको पहलमा शहरी विकास मन्त्रालयबाट पिकनिक पार्कको निर्माण भएको हो । यसैगरी, मौलापुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा पार्कमा अन्य आवश्यक कार्यहरू भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

हाल सो पार्क विवाह, व्रतबन्ध, पिकनिक, सभा, समारोह र मानिसहरूको लागि घुमफिर गर्ने थलो बनेको छ । पार्कमा दैनिक दुई सय बढी मानिसले अवलोकन गर्ने गरेका छन् भने पार्कमा पाँचजनाले रोजगार पाएका छन् ।

गौर, गरुडा, चन्द्रपुर, समनपुर, भारतको बैरगनिया, घोडासहन, चैनपुरलगायतबाट मानिसहरू पार्क हेर्न आउने र पार्कमा रमाएर जाने गरेको मौलापुर पिकनिक पार्कका सञ्चालकको भनाइ छ ।

सुरुआती केही दिनसम्म सुनसान रहेको यो पार्कमा अहिले बिहानदेखि बेलुकासम्म मानिसहरूको चहलपहल देख्न सकिन्छ । शनिवार र अन्य चाडपर्वहरूमा पार्कमा मानिसहरूको सङ्ख्या बढ्ने र पिकनिक गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com