मुगुका खाद्य डिपो ३ महिनादेखि रित्तै, दशैंको मुखमा खाद्य संकटको चिन्ता

मुगुका खाद्य डिपो ३ महिनादेखि रित्तै, दशैंको मुखमा खाद्य संकटको चिन्ता

हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र असारदेखि रित्तै छन् । डिपो केन्द्रहरुमा खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ ।

डिपो केन्द्रबाट वितरण भइरहेको चामल सकिएर डिपो कार्यालय रित्तै भएको लिमिटेड शाखा कार्यालयका सुचना अधिकारी पुस्कर भामले बताए । शाखा कार्यालय गमगढी बजारमा अहिले १ हजार क्वीन्टल चामल मौज्दात छ । डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भिड लाग्ने गरेको उनले जानकारी दिए ।

आवश्यकताअनुसार चामल पुर्‍याउन सकिएन, दशै पनि नजिकिदै छ, दशै सम्म चामल पुग्छ कि पुग्दैन भन्ने चिन्ता लागेको छ ।’ भामले भने,‘ शाखा कार्यालयमा चामलको मौज्दात थोरै भएकाले प्रतिव्यक्ति एक प्याकमात्र वितरण भइरहेको छ ।’ अहिले दैनिकि रुपमा १ सयदेखि २ सयसम्म सदरमुकामलगायत टाढा–टाढाबाट पनि आउने गरेको उनले सुनाए ।

उनले सदरमुकाममा आवश्यकताअनुसार स्थानीयलाई चामल पुर्‍याउन नसकिएको बताए । शाखा कार्यालयमा चामल पनि प्रयाप्त नहुदा तथा डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै स्थानीयहरु बजारको चर्को मुल्यको चामल खान बाध्य छन् ।

‘बजारमा आएको चामल एक प्याकलाई १५ सयदेखि २ हजार सम्म बिक्री हुन्छ, किनेर खान सकिदैन’ बजारमा कोठा भाडा लिएर बस्दै आएकाकी विद्यार्थी छायानाथ रारा नगरपालिका–७ की सरिता शाहीले भनिन्, ‘बजारको चामल किनेर खान सकिदैन, निकै महंगो छ ।

खाद्यबाट केही सहुलियत मुल्यमा पाइन्थ्यो अहिले खाद्यमा पनि चामल सकिदा रित्तो हात फर्किनु परेको छ ।’ छिमेकी जिल्ला बाजुरामा पनि खाद्य डिपो लगायत शाखाहरु रितो बनेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com