मुस्ताङ : कांग्रेसको प्रदेश सभामा पनि विजयी सुरुवात

मुस्ताङ : कांग्रेसको प्रदेश सभामा पनि विजयी सुरुवात

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसअघि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com