नारायणगढ–मुग्लिन सडक : दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव

नारायणगढ–मुग्लिन सडक : दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव
Published on
Updated on

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द भएसँगै सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने देखिएको छ ।

उपत्यका भित्रने र बाहिरिने मुख्य सडकखण्डको रुपमा रहेको यो सडकमा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले दैनिक दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न थालिएको हो ।

४ घण्टा अत्यावश्यक बाहेकका सवारी साधनलाई चल्न नदिने भएकाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ मुग्लिन सडक योजना कार्यालयले अनुरोध गरेको छ ।

अबको एक महिनासम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर काम हुने कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक आवागमन बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको भन्दै बाँकी काम पनि छिटो सक्काउन पुनः सडक बन्द गरी निर्माण थालिएको उहाँको भनाइ छ । हाल चार स्थाानमा पुल निर्माणको काम भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com