घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा

घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जलेश्वरबाट सुब्बा र एक लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित नायब सुब्बा रामकृष्ण पण्डित र सुवास भू सेवा केन्द्रका लेखापढी व्यवसायी सुवास चन्द्रलाल कर्णलाई पक्राउ गरेको हो ।

आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूले जग्गाको नामसारी गराइदिने भन्दै घुसबापत उक्त रकम लिएका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com