काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्तामा कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको पनि बताउनु भयो । उहाँले नेपालको प्राचिन वस्तु तथा मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाटकहरु विदेशमा पनि प्रसिद्ध र लोकप्रिय बनिरहेको बताउनु भयो ।
उहाँले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पती एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतिक भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको बताउनु भयो ।
उहाँले नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका संग्रहालयमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको भन्दै छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनीकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कला, साधक, सर्जकहरु अमूल्य निधि हुन् । उनीहरुले सिर्जना गरेका कलाकृति, देशको अमूल्य सम्पती र पहिचान हो ।
त्यसैले कलाकारका अमूर्त कलाहरुको संरक्षण, संवद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको पहिचान स्थापित गर्न हामीले कला र संस्कृतिको माध्यमबाट आर्थिक, सामजिक विकामा ध्यान पु¥याउन हामी सबैको भुमिका आवश्यक छ ।
कलाकारहरुको सिर्जना र प्रतिभालाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएको हो । कला र संस्कृति क्षेत्रको विकासका लागि प्रतिष्ठानले खेलेको भुमिका प्रशंसनीय छ ।
प्रतिष्ठानले आगामी दिनमा आफ्नो भुमिकालाई थप कला र मुलुकको संस्कृति संरक्षण र संवद्र्धन गर्न योगदान दिनका साथै धेरै भन्दा धेरै कलाकारहरुलाई संस्थामा आवद्ध गरी अघि बढ्छ भन्ने विश्वास लिएको छु ।
कला, संस्कृतिको जगेर्ना गर्नको लागि भावि पुस्तालाई देखाउनको लागि नयाँ पुस्तामा कला, सीप, प्रतिभालाई हस्तान्तरण गर्न आवश्यक छ, नेपाली कलाकारहरुले बनाएका कयौं कलाकृति विश्वका विभिन्न देशका म्युजियम र ग्यालरीमा छन् । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनीकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाउनुभएको थियो ।’
प्रधानमन्त्री देउवाले ललितकला प्रज्ञा प्रतिष्ठानले धेरै भन्दा धेरै कलाकारहरुलाई प्रतिष्ठानमा आवद्ध गरी कला र संस्कृतिको माध्यमबाट देशको पहिचान विदेशमा पु¥याउनेमा विश्वस्त रहेको बताउनु भयो ।