अछाम २ मा नेपाली कांग्रेस विजयी

अछाम २ मा नेपाली कांग्रेस विजयी
Mellow Arc Media

अछाम । अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । सत्ता गठबन्धनका दलको समर्थनमा कांग्रेसका अछामका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको हो ।

शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार १ सय ३४ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर ७ हजार २० रहेको छ । यसअघि २०७४ को चुनावमा शाह बोगटीसँग २ हजार ८ सय ५९ मतान्तरले पराजित हुनुभएको छ ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा ९क० र ९ख० को मतगणना चलिरहेको छ । जसमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ । क्षेत्र नम्बर २ को प्रदेश सभाको मतगणना सुरु गर्ने तयारी छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com