नयाँ लघु बीमाको लाइसेन्स निर्वाचनपछि मात्रै दिइने

नयाँ लघु बीमाको लाइसेन्स निर्वाचनपछि मात्रै दिइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमाको लाइसेन्स चुनावपछि मात्रै दिने भएको छ ।

लघु बीमाको लाइसेन्सका लागि ३१ वटा कम्पनीको आवेदन दिएका थिए । आवेदकहरूलाई चुनावअघि लघु बीमाको लाइसेन्स वितरण नगर्ने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनु भएको छ ।

अहिले चुनावी माहोल रहेको भन्दै निर्वाचन आचारसंहिताले पनि अहिले लाइसेन्स वितरण गर्न नमिल्ने भन्दै चुनावपछि दिने निर्णय भएको उहाँको भनाइ छ ।

नयाँ लघु बीमा लाइसेन्स पाउन आवेदन दिएकाहरूको मूल्याङ्कन पनि भएको छैन । प्राप्त प्रस्तावहरू मध्ये प्राधिकरणबाट तयार हुने मूल्याङ्कनका आधारमा उच्च अङ्क पाउने ७ वटाले मात्रै लघु बीमाको लाइसेन्स पाउने छन् ।

बीमा प्राधिकरणले जीवन लघु बीमा कम्पनीको लागि ३ वटा र निर्जीवनका लागि ४ वटा लाइसेन्स दिने गरी आवेदन मागेको थियो । प्राधिकरणमा १५ वटा जीवन लघु र १६ वटा निर्जीवन लघु बीमा कम्पनीलाई आवेदन परेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com