ग्यालेक्सी फोरके टिभीमा समाचार र कार्यक्रम उत्पादन बन्द

ग्यालेक्सी फोरके टिभीमा समाचार र कार्यक्रम उत्पादन बन्द

काठमाडौं । गत १ पुस देखी ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ। कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम बन्द गरेका हुन ।

ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब नपाएको ग्यालेक्सी फोरकेमा कार्यरत एक पत्रकारले जानकारी दिएका छन । ति पत्रकारले टेलिभिजनमा समाचारहरू सबै रोकिएको र लाइभ कार्यक्रम र प्रोड्क्सन सबै रोकिएको जानकारी दिएका छन ।

अहिले ग्यालेक्सी फोरके टेलिभिजन पुराना रेकर्डिङ र गीत मात्र बजिराखेको छ । पत्रकार र कर्मचारीहरुले अहिले पनि कार्यालय पुगेर हाजिरी भने गर्ने गरेका छन्। ग्यालेक्सी टिभीका सञ्चालक तथा अध्यक्ष जिबी राई लामो समयदेखि फरार रहेका छन ।

अर्का सञ्चालक कुमार रम्तेल जेलमा रहेका छन । पछिल्लो समय टेलिभिजनको कार्यकारी प्रमुखका रुपमा भूमि खतिवडाले काम गरेकी थिइन्। टिभीका समाचार र कार्यक्रम बन्द भएकाबारे कार्यकारी प्रमुखका रुपमा काम गरेकी खतिवडासँग कुराकानी गर्न फोन र मेसेज गर्दा सम्पर्क हुन नसकेको एक पत्रकारले जानकारी दिएका छन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com