निरा पाण्डेको हत्या आरोपी काठमाडौंमा

निरा पाण्डेको हत्या आरोपी काठमाडौंमा
Published on
Updated on

काठमाडौं । निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका   विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।  

लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com