कम्बोडियाको एक होटलमा भएको आगलागीमा झापाका निराकार पाण्डेको मृत्यु

यस्तो भिडियो सन्देश छोडेर १२औँ तलाबाट हाम फालेका थिए
कम्बोडियाको एक होटलमा भएको आगलागीमा झापाका निराकार पाण्डेको मृत्यु
User

काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परि झापा घर भएका निराकार पाण्डेको मृत्यु भएको छ। ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा मृत्यु भएका १९ जनामध्ये एक जना झापाका पाण्डे रहनुभएका थाइल्यान्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ । विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ ।

भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताउनुभएको थियो । उहाँले आफ्नो छोरालाई सम्बोधन गर्दै भन्नुभएको थियो ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

उहाँले छोरालाई कसैलाई 'चिट र फ्रड' नगर्नू पनि भन्नुभएको छ । भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com