
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं विश्व सम्मेलनको लागि अध्यक्षको १ पदको लागि ६ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको १० औं महाधिवेसनमा तीनवटा अध्यक्ष बनाए पछि विवादमा आएको संघले यस पटक एक जना मात्र अध्यक्षको लागि निर्वाचन हुने बताएको छ ।
संघको आगामी नेतृत्वको लागि वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्षहरु डा. हेम राज शर्मा, आरके शर्मा र उपमहासचिव विनय अधिकारी अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यसअघि अध्यक्ष पदको लागि चर्चामा रहेका महासचिव डा. केशव पौडेलले पुनः महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । उनी महेश श्रेष्ठको समूहबाट निर्वाचन लड्ने घोषणा गरेका थिए । संघका कोषाध्यक्ष सुनिल शाहले समेत उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले समेत अध्यक्षमा उम्मेदवारी दिने चर्चा थियो ।