एनआरएनए महासचिव जोशी विवादमा तानिए, स्पष्टिकरण माग

एनआरएनए महासचिव जोशी विवादमा तानिए, स्पष्टिकरण माग

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा फेरि अर्को हङ्गामा शुरु भएको छ।

बैठक स्थगनको वियषलाई लिएर एनआरएनमा नयाँ हङ्गामा भएको हो। विषय यति गम्भिर बनेको छ की कार्यकारी अध्यक्ष रविना थापाले महासचिव गौरीराज जोशीलाई २४ घण्टे स्पस्टीकरण सोधेकी छिन्।

स्रोतका अनुसार थापाले आइतवारका लागि आइसीसीको बैठक बोलाएकी थिइन् तर बैठक शुरु हुनै लाग्दा महासचिव जोशीले स्थगित गरिदिएका थिए।

आइसीसीमा विभिन्न पदमा लामो समय देखि नियुक्ति हुन सकेको छैन्। समाज टाइम्सको स्रोतका अनुसार रविना जति सक्दो छिटो नियुक्तिहरु गर्ने तयारीमा छिन तर अर्का अध्यक्ष कुल आचार्य र डाक्टर बद्री केसी कुनै पनि हालतमा तत्काल नियुक्ति नगर्ने पक्ष छन्।

आइसीसीका एक पदाधिकारी भन्छन,’अहिले अरु विवाद होइन, नियुक्तिमा रविनालाई हतार छ अरु अझै कुरौ, सकभर नगरौ भन्नेमा छन।’ उनी थप्छन्,’ कुल र बद्रीलाई अलि अप्ठेरो परेको देखिन्छ, किनकी उनीहरुले धेरै जनालाई बचन दिएका छन तर सबैलाई पद पुर्याउन सक्ने सम्भव छैन।’

अर्का एक सदस्यले रविनाको हतार पनि शंकास्पद रहेको दावी गरे।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com