अधिकृत श्रेष्ठ ओछ्यानमै मृत फेला

अधिकृत श्रेष्ठ ओछ्यानमै मृत फेला

पाँचथर । फिदिम नगरपालिकामा कार्यरत एक जना अधिकृत मृत भेटिएका छन् । उक्त नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।

बिहीबार करिब साढे १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएपछि खोज्न जाँदा उनलाई नगरपालिकाका कर्मचारीले मृत फेला पारेका हुन् । श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखाको सह-संयोजकको जिम्मेवारी सम्हालेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com