ओली प्रतिगमनकारी हुन् : देवेन्द्र पौडेल

ओली प्रतिगमनकारी हुन् : देवेन्द्र पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केपी ओली प्रतिगमनकारी भएको आरोप लगाउनुभएको छ ।

मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली “बा” प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो, उहाँले भन्नुभयो । ’

यस्तै उहाँले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको समेत बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको पौडेलको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com