मंसिर ४ पछि एमालेको सरकार बनाउने ओलीको दाबी

 

मंसिर ४ पछि एमालेको सरकार बनाउने ओलीको दाबी
Picasa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गर्नुभएको छ ।

बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनुभएको हो । यस्तै उहाँले एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने संकल्प गर्नुभयो ।

ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गरे। सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उहाँले गुनासोसमेत गर्नुभयो ।

उहाँले इतिहासमा भएका उल्लेखनिय काम एमालेले गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ’उहिले जमानामा पृथ्वी नारायण शाहको पालामा नेपालको एकीकरण भयो होला। विभिन्नको नेतृत्वमा विभिन्न काम भयो होला। महेन्द्रको पालामा पूर्वपश्चिम राजमार्ग बन्यो होला। अरु काम देखाउन बनेका छन् भने नेकपा एमालेले गरेको छ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com