आफ्नो मतको रक्षा गर्न ओलीको आग्रह

आफ्नो मतको रक्षा गर्न ओलीको आग्रह
Picasa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मतको रक्षा गर्न आग्रह गर्नुभएको छ ।

झापामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले कानुन विपरित जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले सचेत रहेन आग्रह गर्नुभयो ।

उहाँले नेता कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धन सरकारले निर्वाचनको बेला बुथ कब्जादेखि अनेक दुष्कर्म गर्नसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । गैह्र कानूनी र लोकतन्त्र विरोधी कसैलाई पनि गर्न नदिने पहरेदारी पनि एमालेले गर्नुपर्ने उहाँको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com