
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य विभिन्न चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवारहरुप्रति कटाक्ष गर्नुभएको छ । आज बुधबार झापामा आयोजित चुनावी कार्यक्रममा उहाँले हल्लाका पछि नलाग्न कार्यकर्तालाई सुझाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोड्दै उहाँले भन्नुभयो, ‘कुन एउटा युवालाई पत्रकारिता गर्दागर्दै राजनीति गर्न मन लाग्छ। ठिकै छ। राजनीति गर्छन् नि त। उम्मेदवार भएका छन्। ठिकै छ। त्यस्ता मान्छेहरु यहाँ पनि आएका हुनसक्छन्। मैले त धेरै बुझेको पनि छैन।’
यस्तै उहाँले स्वतन्त्र उम्मेदवारहरुले केही गर्न नसक्ने बताउनुभयो। ‘स्वतन्त्र हुँ भन्ने आएका होलान्। कोही घण्टी बजाउँदै आएका होलान्। कोही लौरो टेक्दै आएका होलान्। कोही के गर्दै आएका होलान्। कोही चापाकल, कोही के लिएर आएका होलान्। त्यस्तो स्वतन्त्रले गर्छ केरु त्यसले केही पनि गर्दैन,’ उहाँले भन्नुभयो ।
ओलीले देश बनाउन त सुदृढ पार्टी र विचार चाहिने बताउनुभयो।