कञ्चनपुर २ (१) मा माओवादीका ओम बिक्रम भाट निर्वाचित

कञ्चनपुर २ (१) मा माओवादीका ओम बिक्रम भाट निर्वाचित

काठमाडौं । प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (१) मा माओवादी केन्द्रका ओम बिक्रम भाट (सरल) विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बचन बहादुर सिंहलाई ४७५ मतान्तरले पराजित गर्दै भाट निर्वाचित भएका हुन् । 

भाटले १० हजार ९२५ मत पाएका छन् । भने सिंहले १० हजार ४५० मत पाए । ५४ हजार ६८८ मतदाता रहेको क्षेत्र नम्बर २ (१) मा ३३ हजार ८९० मत खसेको थियो । जसमध्ये २ हजार २२१ मत बदर भएको थियो । 
भाट निर्वाचित भएपनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com