सर्लाहीमा करेन्ट लागेर एकको ज्यान गयो

सर्लाहीमा करेन्ट लागेर एकको ज्यान गयो

सर्लाही, १३ भदौ

सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आइतबार चन्द्रनगर गाउँपालिका–६, बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक पुरुषको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com