ट्याङ्करको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

ट्याङ्करको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका २ ब्यासी कासन पुल नजिक ट्याङ्करले आज बिहान १० बजे ठक्कर दिँदा रामेछाप घर भएका ७ वर्षीय बालक बिवेश तामाङको मृत्यु भएको हो ।

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिँदा सख्त घाइते भएका थिए। त्यसलगत्तै तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com