बाजुरा गएको भूकम्पमा एक जनाको मृत्यु

बाजुरा गएको भूकम्पमा एक जनाको मृत्यु

काठमाडौं । बाजुरामा आज गएको भुकम्पमा परि १ जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर आज दिउँसो गएको भूकम्पमा परि गौमुल गाउँपालिका २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com