भक्तपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

भक्तपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं‍. ६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ जनाको

ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डे पुष्टि गर्नुभयो ।

उहाँका अनुसार ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेकी छन् । उहाँले भन्नुभयो,’आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको हो।’

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com