तुइनबाट खसेर एक जना बेपत्ता

तुइनबाट खसेर एक जना बेपत्ता

हुम्ला । तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे-सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com