पालिका अध्यक्षसहित चार जनामाथि चोरी मुद्दा दर्ता गर्न आदेश

पालिका अध्यक्षसहित चार जनामाथि चोरी मुद्दा दर्ता गर्न आदेश

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव र निवर्तमान वडाध्यक्ष पीताम्बर यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता हुने भएको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष दिनेश र निवर्तमान वडाध्यक्ष पीताम्बर, वडा २ का सरोज यादव र वडा १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश वडा नम्बर १ का हुन् । पीताम्बर सोही वडाका निवर्तमान वडाध्यक्ष छन् ।

उनीहरुविरुद्ध रुपनी गाउँपालिका १ कै किरण कुमार जयसवाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा चोरी डाँका सम्बन्धी जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनी उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com