धादिङका पारस तामाङ २० बर्षदेखि बाख्रासँगै खोरमा

धादिङका पारस तामाङ २० बर्षदेखि बाख्रासँगै खोरमा

धादिङ । अपाङ्गता भएकाहरुको हकअधिकारका लागि विश्वमै आन्दोलन भैरहेको बेला धादिङमा एक अपाङ्गलाई २० वर्षदेखि घरदेखि टाढा रहेको बाख्राको खोरमा थुनेर राखिएको छ । खाना दिने बेलामा भने उनलाई बाख्राबाट अलग्याएर बाँधेरै खोरबाट बाहिर निकालेर खान दिने गरिएको छ ।

उत्तरी धादिङको खनीयाँवास गाउँपालिकास्थित सिंगाङ्ग निवासी पारस तामाङ्गलाई २० वर्षदेखि घरबाट टाढा रहेको खोरमा बाख्रासँगै थुनेर राख्ने गरिएको छ ।

अपांङ्ग भएकै कारण उनलाई पशुको बराबर व्यवहार गरिएको हो । अपांङ्ग सन्तान समाजमा देखाउँदा हेलाँ हुने गलत धारणाका कारण अभिभावकहरुले पारसलाई बाख्राको खोरमा राखेका हुन् । यसो त भाग्ने डरले उनलाई भाग्न नदिन खोर थुनेर पनि बाँधेर राखेको परिवारकै सदस्यहरुको भनाइ छ ।

समाजमा घुलमिल हुन नदिनाले उनी सामाजिकीकरणबाट बन्चित भएका छन् । सोही कारण उनले पहिल्यैदेखि अरुले जस्तो बोल्न सक्दैनन् भने युवा अवस्थामा समेत हिंडडुल गर्न नपाउँदा कुँजिएर थला परेका छन् ।

अब त उनकोे स्वास्थ्य अवस्था झन् विग्रँदो छ । ६ वर्षको छँदादेखि उनलाई गाउँबाट अलि टाढा गोठमा रहेको बाख्राको खोरमा हालिएको हो । अहिले उनी २६ वर्षका भैसकेका छन् ।

६ वर्षको उमेरमा बिरामी परेपछि उनको अभिभावकसँग उपचार गर्नको लागि पैसा नहुनाले उनलाई उपचारको सट्टा बाख्राको खोरमा हालिएको पाइएको छ । हाल तामाङ्गलाई आमालागएत परिवारका सबै सदस्यले गाँउमा छाडेर अन्यत्र गएको स्थानीयको भनाइ छ ।

उनको अहिले मानसिक स्वास्थ्यसमेत विग्रिएको छ । तर उपचारको लागि खर्च नहुँदा उनलाई अस्पताल त लगिएन नै, खानको लागि खानेकुराको अभाव छ भने लगाउने लुगा त बाख्रासँगै थुनिनुको अवस्थाको के कुरा गर्नु । एक सरो कपडा नभएका कारण उनिले शरिर पुरै ढाक्न समेत पाएका छैनन ।

अपांङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना र उपचारका लागि सक्रिय सरकारी र गैरसरकारी संस्थाहरुका लागि पारस तामाङ एक उपयुक्त तर कसैको आँखा नपरेका पात्र हुन् । समाजमा रहेका यस्ता सबै मानिसहरुप्रति केन्द्र र प्रदेश सरकारलागएत स्थानीय तह मात्रै नभई सबैको ध्यान जान आवश्यक छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com