सिराहामा यात्रुबाहक बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

सिराहामा यात्रुबाहक बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका-९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका–२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका–२० का ५० वर्षीय अनिलकुमार झा रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बसमा सवार अन्य २५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको मिर्चैया र २३ जनाको गोलबजारका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो अनियन्त्रित भएर चोहर्वामा गोलबजार नगरपालिका– ९ मा रहेको मारुती सिमेन्ट उद्योगनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भएर राजमार्गदेखि छेउमा पल्टिएको थियो । बसचालकका अनुसार स्प्रिङ पत्ता भाँचिएर बस अनियन्त्रित भएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com