बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दियामा पाटे बाघ मृत भेटियो
hari gurung

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ मा पर्ने गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो ।

मृतावस्थामा फेला परेकाले त्यो बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । जङ्गल हेरालुले बाघलाई मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com