पोखरा विमान दुर्घटना : ४ जना अझै भेटिएनन्

पोखरा विमान दुर्घटना : ४ जना अझै भेटिएनन्

काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

आइतबार (आज) विहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

हालसम्म ६८ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com