पोखरा विमान दुर्घटनाः गायिका नीरा छन्त्यालको मृत्यु

पोखरा विमान दुर्घटनाः गायिका नीरा छन्त्यालको मृत्यु

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गर्नुभएकी उहाँको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गर्नुभयो ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गर्नुभएको थियो । त्यसअघिको अर्को स्टाटसमा उहाँले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै लेख्नुभएको थियो ।

नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम रोकिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले बताउनुभयो ।

नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

आइतबार (आज) बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com