पोखरा विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’ बाट पहिचान गरिने

पोखरा विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’ बाट पहिचान गरिने

काठमाडौं । पोखरामा भएको माघ १ को यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने भएको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको र ६ जनाको शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने बताउनुभयो ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ। ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको डा. कँडेलले जानकारी दिनुभयो ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो।

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com