सुर्खेतमा प्रहरी जवान मृत फेला

सुर्खेतमा प्रहरी जवान मृत फेला

काठमाडौं । सुर्खेतमा एक जना प्रहरी जनाव मृत फेला परेका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

बिहीबार बिहान ३ बजे उनको शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ । विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । उनले आफैंले गोली हानी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com