प्रहरीले गोली हानेर समात्यो भारतीय सार्प सुटर

प्रहरीले गोली हानेर समात्यो भारतीय सार्प सुटर

बारा । प्रहरीले भारतीय सार्प सुटरलाई गोली हानी पक्राउ गरेको छ । भारतीय नागरिक ३२ वर्षीय सुजित सिंहलाई बाराको विश्रामपुर गाउँपालिका– ३ मा गएराति गोली हानेर घाइते अवस्थामा नियन्त्रणमा लिइएको हो ।

बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अुनसार सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । सिंह भारतका बिहारस्थित मोतीहारी जिल्ला छोडादारका बासिन्दा हुन् । उनले गत १३ कात्तिकमा कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकार हत्यामा सुटरको काम गरेका थिए ।

घटनाको केही दिनपछि नै स्र्णकारकी केटी साथी राधा गुप्तासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, सिंह भने फरार थिए । उनीसहित चार भारतीयको समूह नेपाल प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले पिछा गरेको थियो । प्रहरीको गतिविधि थाहा पाएपछि भाग्न लाग्दा सिंहमाथि गोली चलाइएको डिएसपी न्यौपानेले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com