गृहमन्त्रीविरुद्ध बहुविवाहको उजुरी

गृहमन्त्रीविरुद्ध बहुविवाहको उजुरी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध उजुरी परेको छ ।

रुपन्देही ३ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै खाणविरुद्ध उजुरी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ रुपन्देहीमा उजुरी परेको हो ।

खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा गरेको दर्ता गरेको अधिवक्ता बराल जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com